२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाल र चीनबीच सहसचिवस्तरीय वार्ता आज, के हुँदैछ छलफल ?



काठमाडौं । नेपाल र चीनबीच आज व्यापार वार्ता हुनेभएको छ । वाणिज्य सहसचिवस्तरमा हुन लागेको वार्तामा दुई मुलुकबीचको व्यापार कारोबारमा रहेका समस्याहरुबारे छलफल हुनेछ ।

चीनको वाणिज्य व्यापार मन्त्रालयको सहसचिवस्तरमा हुने भर्चुअल वार्तामा व्यापारिक वातावरण सुधारको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसअघि नेपालले चीनसँगको व्यापारिक वार्ता तिब्बत स्वायत्त प्रदेश सरकारको वाणिज्य अधिकारीहरुसँग मात्र हुने गरेको थियो ।

बैठकमा नेपालले दुई देशबीचको व्यापारीक सम्बन्धको समीक्षा, व्यापार तथा पारवहन सन्धी कार्यान्वयन, व्यापरिक सीमा नाकाको पूर्वाधार तथा सहजीकरण, नेपाली उत्पादनको सहज निर्यात, लगायतका विषयलाई छलफलका एजेण्डा बनाएको छ ।

यसैगरी विगतका सहमति कार्यान्वयन, व्यापार अवरोध, सीमापार विशेष आर्थिक क्षेत्र स्थापना लगायतका विषयमा पनि छलफल गर्न नेपालले एजेण्डा तयार गरेको छ ।

यस्तै, प्रमुख नाका जोड्ने चीनले सडक पूर्वाधार स्तरोन्नती, कमजोर बोर्डरको स्तरोन्नती, नेपालसँग व्यापारिक कारोवार वातावरण सुधार, चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो (सीआईआईई)मा नेपालको सहभागिता लगायतका विषयमा चीनले छलफल गर्न चाहेको छ ।

सीआईआईईलाई चीनले आफ्नो देशमा वस्तु तथा सेवा आयात गर्नका लागि विश्वका देशलाई आकर्षित गर्ने अन्तराष्ट्रिय एक्स्पो हो । यस एक्स्पोमार्फत विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुले चिनियाँ उपभोक्तालाई आकर्षित गर्ने योजना सार्वजनिक गर्ने गर्छन् ।

बैठकमा नेपालको तर्फबाट वाणिज्य, परराष्ट्र, अर्थ, कृषिविकास, भौतिक योजना, भन्सार र खान्य विभागका अधिकारीहरु सहभागी हुँदैछन् । नेपाल र चीनबीच व्यापारिक सम्बन्धको औपचारिक सुरुवात भएको १४८ वर्ष भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ३५ बजे

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ