२२ माघ २०८२, बिहिबार | February 5, 2026

भारतबाट रकम पठाउँदै हुनुहुन्छ ? नो टेन्सन !, विना अतिरिक्त शुल्क माछापुच्छ्रे बैंकमा पैसा पठाउन सकिने



काठमाडौं । रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले भारतबाट सजिलै रकम पठाउन सक्ने भएका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरी असोज १२ गते देखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लिमिटेडका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याइरहेको माछापुच्छ्रे बैंकका देशभर १६० वटा शाखाहरु रहेका छन् ।

यस्तै १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस ९एइक् ःबअजष्लभ० मार्फतबाट ग्राहकहरुलाई बैंकले अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : २३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता