२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतबाट रकम पठाउँदै हुनुहुन्छ ? नो टेन्सन !, विना अतिरिक्त शुल्क माछापुच्छ्रे बैंकमा पैसा पठाउन सकिने



काठमाडौं । रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले भारतबाट सजिलै रकम पठाउन सक्ने भएका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरी असोज १२ गते देखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लिमिटेडका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याइरहेको माछापुच्छ्रे बैंकका देशभर १६० वटा शाखाहरु रहेका छन् ।

यस्तै १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस ९एइक् ःबअजष्लभ० मार्फतबाट ग्राहकहरुलाई बैंकले अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : २३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति