१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्जमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी घर भएका ३५ वर्षीय महिलाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला सीसीएमसीले जनाएको छ ।

स्वास्थ्यमा समस्या उत्पन्न भै गत असोज २ गते भेरी अस्पतालको प्रि-आइसोलेसन वार्डमा भर्ना भएकी ती महिलालाई कोरोनाको आशंकामा सोही दिन नै स्वाब संकलन गरिएको थियो ।

३ गते कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई कोभिड आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

उपचारको क्रममा उनलाई एन्टिबायोटिक, रेमडेसिभिर लगायत सीपीएपी/भेन्टिलेटरमा राखिएको थियो । सबैप्रकारको उपचार पद्दती अपनाउँदा पनि उनको बुधबार दिउँसो २१५ मा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप, हाइपोथाइरोडिज्मको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ४३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज