७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी घर भएका ३५ वर्षीय महिलाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला सीसीएमसीले जनाएको छ ।

स्वास्थ्यमा समस्या उत्पन्न भै गत असोज २ गते भेरी अस्पतालको प्रि-आइसोलेसन वार्डमा भर्ना भएकी ती महिलालाई कोरोनाको आशंकामा सोही दिन नै स्वाब संकलन गरिएको थियो ।

३ गते कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई कोभिड आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

उपचारको क्रममा उनलाई एन्टिबायोटिक, रेमडेसिभिर लगायत सीपीएपी/भेन्टिलेटरमा राखिएको थियो । सबैप्रकारको उपचार पद्दती अपनाउँदा पनि उनको बुधबार दिउँसो २१५ मा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप, हाइपोथाइरोडिज्मको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई