१८ माघ २०८२, आइतबार | February 1, 2026

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ५ जना, बाग्लुङका ६ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमध्ये बाग्लुङ निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहटबाट आएका हुन् ।

यस्तै, नवलपरासी देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् भने अन्य सबैजना कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।

सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको डा. शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : २९ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा