६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

थपिए १ हजार ९११ नयाँ संक्रमित, कुल संक्रमितको संख्या ८० हजार नजिक



काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम रोकिएको छैन । बिहीबार फेरि ह्वात्तै बढेका छन् कोरोना संक्रमित ।

११ हजार ४४४ पीसीआर परीक्षण गर्दा १ हजार ९११ जनामा भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता गौतमले दिएको जानकारी अनुसार हालसम्म कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

एकैदिन सक्रिय संक्रमितको संख्या ९५० बढेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ७६१ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ६९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पुनः देशव्यापी लकडाउन लगाउनुपर्ने सिफारिस सरकारलाई दिएको छ । यसअनुसार अब ३ हजार १७० जना संक्रिय संक्रमित थपिए लकडाउन लाग्नेछ ।

तर, पहिलो लकडाउन र दोस्रो निषेधाज्ञाका कारण थिलोथिलो परेको अर्थतन्त्र र आम मानिसलाई परेको अप्ठेरो अवस्थालाई कसरी समाधान गर्ने भन्नेबारे भने सरकारले अहिलेसम्म योजना बनाउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा ९६१ जना मात्र डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यो कुल संक्रमण दरको ७१ दशमलव ९ प्रतिशत हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : २३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस