११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौंमा कोरोना संक्रमण आगोसरी फैलिँदै, बिहीबार थपिए ९४३ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित रफ्तारमा बढिरहेका छन् ।

बिहीबार पनि यो क्रम रोकिएन । बिहीबार उपत्यकामा ९४३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंको घना जनघनत्वमा कोरोना संक्रमण आगो सरी फैलिँदै गएको यसबाट पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मात्र ८१७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञा खुलिसकेपछि आम मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरी सार्वजनिक रुपमा यत्रतत्र हिँड्दा कोरोना भाइरस फैलिने मौका पाएको छ ।

भाइरसको संक्रमण फैलिँदै जाँदा पनि सरकारले भने नियन्त्रणका थप उपायहरु बढाउन सकेको छैन ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : ३४ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील