१ पुस २०८२, मंगलबार | December 16, 2025

सुर्खेतमा कार्यरत बाँकेका कोरोना संक्रमित चिकित्सकको भेरी अस्पताल नेपालगन्जमा मृत्यु



नेपालगन्ज । बाँकेमा बिहिबार बिहान २ जना कोरोना संक्रमतिको मृत्यु भएको खबर सार्वजानिक भएको ४ घण्टा नबित्दै थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा उपचाररत खजुरा गाँउपालिका वार्ड नम्बर ३ का ५९ वर्षिय अर्थोपेडिक चिकित्सक पुरुषको मृत्यु भएको हो । भाद्र २९ गते कोरोना संक्रमण पुष्टि भएको उनी असोज १ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएका थिए । उनको सुर्खेत स्थित पीसीआर प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का ५९ वर्षीय वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको सापकोटाका पारिवारिक सदस्यले पुष्टि गरेका छन् । उनी ११ औं तहका चिकित्सक थिए ।

मृतकको उपचारका क्रममा प्लाज्मा थेरापी, एन्टिबायोटिक तथा रेम्डिसिभिर प्रयोग गर्दा समेत उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको आज अपरान्ह ३ः१० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

उनी नेपाल सरकारका अर्थोपेडिक सर्जनकारुपमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो चिकित्सक हुन् । उनको मृत्युसँगै बाँकेमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज