२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मादी नदीमा कृत्रिम ताल बनाउन डिपिआर सम्झौता



दमौली । तनहुँको व्यास नगरपालिका-३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो ।

कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग बिहीबार सम्झौता गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले इकोकोड नेपाल तथा प्यारागन जेभीका प्रतिनिधि प्रवेश अधिकारीलाई सम्झौतापत्र हस्तान्तरण गरे ।

मादी नदीले ओगटेको भूभाग क्षेत्रको आसपासमा बस्ती विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदी क्षेत्रको संरक्षण गर्ने उद्देश्य राखेर नगरपालिकाले प्रारम्भिक चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

नगरपालिकाले व्यास नगरपालिका-३, ४, ५, ६, ७ र १० अन्तर्गत मादी नदीको १८ किलोमिटर भूभागको गुरुयोजनासहित कृत्रिम ताल निर्माणको प्रकृया अगाडि बढाएको छ ।

एकीकृत विकास परियोजनाको प्रकृया अगाडि बढाइएकोमा गुरुयोजनाको प्रतिस्पर्धामा १३ फर्म छनोट भएका थिए । त्यसमध्ये मूल्याङ्कनबाट इकोकोड नेपाल तथा प्यारागन जेभी छनोट भएको नगरपालिकाले जनाएको छ ।

उक्त कम्पनीले ६ महिनाभित्र डिपिआर तयार गरेर नगरपालिका समक्ष बुझाउनुपर्ने सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताएका छन् ।

मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायत संरचना निर्माण गर्ने उद्देश्य छ ।

एक्लेडाँडामा बुद्धको मूर्ति

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित एक्लेडाँडामा बुद्धको मूर्तिसहित पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित उक्त ठाउँमा बुद्धको मूर्ति र अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो ।

वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयको पाँच लाख रूपैयाँको बजेटमा बन्दाबन्दीकै अवधिमा जिओ इन्जिनियरिङ कन्स्लटेन्सीले डिपिआर निर्माण गरेको छ ।

एक्लेडाँडामा बुद्धको मूर्ति निर्माणका लागि माटो परीक्षणसमेत सम्पन्न भइसकेको छ । वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रबद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताए ।

‘सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौ’, रेग्मीले भने, ‘चालु आर्थिक वर्षमै यस ठाउँमा पूर्वाधार निर्माणका काम सुरू हुन्छ ।’ चालु आर्थिक वर्षमा नगरपालिकाले यसका लागि दश लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बाटो निर्माण, सिढी र रेलिङ निर्माणका काम सुरू गरिनेछ ।

डिपिआर अनुसार बुद्धको मूर्तिसहित अन्य पूर्वाधार निर्माणका लागि करीब तीन करोड रूपैयाँ बजेट अनुमान गरिएको छ । तिब्बतीयन क्याम्प नजिकै भएकाले डाँडामा बुद्धको मूर्ति निर्माण गरिने र पूजाआजाको व्यवस्था पनि मिलाइनेछ ।

त्यस्तै उक्त ठाउँमा अष्टवाराहीको मूर्ति पनि निर्माण गर्ने प्रस्ताव छ । वडाध्यक्ष रेग्मीका अनुसार यस ठाउँमा पार्क, बनभोज स्थललगायत अन्य पूर्वाधार निर्माण गर्ने योजना छ । रासस

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ३३ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन