३ पुस २०८२, बिहिबार | December 18, 2025

आहो ! कोरोनाको उत्पात : एकैदिन थपिए २७ सय २२ संक्रमित



काठमाडौैं । कोरोना भाइरसको महामारीले विश्वलाई नै अस्तव्यस्त बनाएको छ ।
महामारीले नेपाल समेत नराम्रोसँग प्रभावित भएको छ । भाइरसका संक्रमित दिनदिनै बढ्दै गएका छन् । घना वस्ती भएका काठमाडौं उपत्यका लगायतका ठूला शहरहरुमा जोखिम झन बढ्दो छ ।

कोरोना नियन्त्रणमा सरकारका मान्छेहरुको दूरदर्शी सोचको अभाव र आम मानिसको कोरोनाप्रति असंवेदनशीलताका कारण महामारी फैलिन मद्दत मिलेको छ ।

शुक्रबार देशभर कोरोनाका २७ सय २२ नयाँ संक्रमित थपिएका छन् ।

१४ हजार ७३९ पीसीआर परीक्षणमा २ हजार ७ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ११ हजार ७६० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३३०७ जना संक्रमित निको भएर घर फर्किका छन् ।

 

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : २१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका