२३ श्रावण २०८३, शनिबार | August 8, 2026

आहो ! कोरोनाको उत्पात : एकैदिन थपिए २७ सय २२ संक्रमित



काठमाडौैं । कोरोना भाइरसको महामारीले विश्वलाई नै अस्तव्यस्त बनाएको छ ।
महामारीले नेपाल समेत नराम्रोसँग प्रभावित भएको छ । भाइरसका संक्रमित दिनदिनै बढ्दै गएका छन् । घना वस्ती भएका काठमाडौं उपत्यका लगायतका ठूला शहरहरुमा जोखिम झन बढ्दो छ ।

कोरोना नियन्त्रणमा सरकारका मान्छेहरुको दूरदर्शी सोचको अभाव र आम मानिसको कोरोनाप्रति असंवेदनशीलताका कारण महामारी फैलिन मद्दत मिलेको छ ।

शुक्रबार देशभर कोरोनाका २७ सय २२ नयाँ संक्रमित थपिएका छन् ।

१४ हजार ७३९ पीसीआर परीक्षणमा २ हजार ७ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ११ हजार ७६० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३३०७ जना संक्रमित निको भएर घर फर्किका छन् ।

 

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : २१ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै