१७ बैशाख २०८१, सोमबार | April 29, 2024

२० औ वर्ष पुरा गरेको अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो ट्वेन्टी-ट्वेन्टी अफर, वि-च्याट वेलेटबाट पनि रकम भुक्तानी गर्न सकिने



काठमाडौं । माछापुच्छ्रे बैंकले स्थापनाको २० वर्ष पूरा गरेको अवसरमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न सेवाहरु थप गरेको छ ।

२० औं वार्षिकोत्सवको अवसरमा बेंकले नेपालमै पहिलो पटक वि-च्याट वालेटबाट रकम भुत्तानीको सेवा सुरु गरेको छ जनाएको छ ।

बैंकले प्रकाशित गरेको विज्ञप्तिमा बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकै साथ संचालनमा ल्याएको जनाएको छ ।
विज्ञप्तिमा बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबीएल स्मार्ट काउण्टरको सुरुवात गरेको उल्लेख गरिएको छ । त्यसैगरी बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि शुक्रबारबाटै सञ्चालमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार स्मार्ट वेवसाईटमार्फत बैंकका ग्राहकहरुले बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिनसक्ने सक्ने छन् ।

बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० [ट्वेन्टी–ट्वेन्टी] अफरहरु समेत घोषणा गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

नेपालमा माछापुछ्रे बैंकको १६० वटा शाखाहरु रहेका छन् । बैंकले १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट बैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : २३ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको