२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बहराइनका राजकुमारको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण



काठमाडौं । हिमाल आरोहणका लागि नेपाल भ्रमणमा रहेका बहराइनका राजकुमारको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ ।

टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेको आरोहण व्यवस्थापक सेभेट समिट ट्रेकले ट्वीटमार्फत जनाएकोछ । आरोहणका लागि नेपाली शेर्पा गाइडले उनीहरुलाई सघाएका छन् ।

बहराइनका राजकुमारको टोली गत भदौ ३१ गते नेपाल आएको थियो । १५ जनाको सदस्य रहको टोली केही दिन गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि लुक्ला हुँदै लोबुचे पुगेको हो ।

यो टोलीले काठमाडौं फर्केर मनास्लु आधार शिबिरको समेत पदयात्रा गर्ने योजना रहेको छ ।

राजकुमारको टोली नेपालमा दुई महिना बिताउने छ । आगामी सिजनमा बहराइनका राजकुमारले सगरमाथा आरोहणको योजना बनाएका छन् । सगरमाथा आरोहणका लागि अहिले वार्मअफ आरोहण भैरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : ४१ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु