१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार वरिष्ठ सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका सदस्यहरुले शुक्रबार पीसीआर परीक्षण गर्दा शनिबार चार जनालाई संक्रमण पुष्टि भएको हो ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले शनिबार दिउँसो रिमालले ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको रिमालले जनाएका छन् ।

रिमालले आफुसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण भएको छ ।

थापाले पनि शनिबार आफुलाई संक्रमण भएको जनाउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । थापाले पनि शुक्रबार नै स्वाव परीक्षण गराएका थिए ।

यसैगरी विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज