१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज ।  बाँकेमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नं.  १२ कोरिउनपुर बस्ने ६० वर्षीय पुरूषको शनिबार पौने ५ बजे मृत्यु भएको हो ।

दैलेख घर भै १९ वर्षदेखि नेपालगन्ज बस्दे आएका ति पुरूष गत असोज १५ गते भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको १५ गते नै स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनलाई सबैखाले औषधी दिइएको अस्पतालले जनाएको छ । तर, उपचारकै क्रममा ४ बजेर ४६ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी मधुमेह, उच्चरक्तचाप र मुटुरोगबाट पीडित थिए ।

यससँगै बाँकेमा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज