२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्ज नगर परिषदबीच भगिनी सम्बन्ध स्थापना



लण्डन । बेलायतको हकिन्ज नगर परिषद् र नेपालको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौता भएको छ ।

शुक्रबार हकिन्जमा सम्पन्न एक समारोहमा सम्झौता भएको हो । उक्त समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए ।

उनले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।

समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल–बेलायतको सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्वप्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोरखा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए ।

समारोहमा हकिन्जको चर्चिल स्कूल तथा रेसुङ्गाको शिद्धबाबा माध्यमिक विद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसमेत सहमति भएको थियो ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि महामहिम नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ०१ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल