२० माघ २०८२, मंगलबार | February 3, 2026

बुटवलका अधिकांस क्षेत्रलाई स्थानीय प्रशासनबाट निषेधित क्षेत्र घोषणा, ५ जना भन्दा बढी हिँडडुल समेत गर्न नपाउने



बुटवल । बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध विपक्षी दल नेपाली काँग्रेससहित विभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवल उपमहानगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासनले शनिबार साँझ प्रकाशन गरेको सूचनामा प्रदेश सारेको बिरोधमा भएको आन्दोलनमा सरकारी सवारी साधन टोडफोड, मसाल जुलुस तथा सडकमा टायर बाल्ने जस्ता कार्य भएको भन्दै प्रदेश ५ प्रदेशसभा भवन सहित प्रदेश मन्त्रालयका आसपासका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

भोलि असोज १८ गते बिहान ६ बजेबाट २१ गते बेलुका ६ बजे सम्म लागुहुने गरि निषेधित क्षेत्रमा नारा, जुलुस, बिरोध प्रदर्शन गर्न नपाउने प्रशासनले आदेश जारी गरेको छ ।

५ जना भन्दा बढी एककृत भएर हिंडडुल समेत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सुचनामा उल्लेख छ ।

प्रशासनले प्रदेश सभाको भवन क्षेत्रअन्तर्गत दक्षिण ईट्टाभट्टी चौक, उत्तर कालिका मन्दिर चौक, पूर्वमा कालिका मन्दिरदेखि कालिका मन्दिर र पश्चिममा तिनाउ खोला सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यसैगरी विभिन्न प्रदेश मन्त्रालय रहेको क्षेत्र अन्तर्गत दक्षिणमा सुन्दर चौक, उत्तरमा भुट्की चौक, पश्चिममा हाटबजार लाईन र पूर्वमा सिद्धार्थ राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत दक्षिणमा जेसिस चौक, उत्तरमा बिद्युत लाईन हाटबजार चौकसम्म, पश्चिममा हाटबजार लाईन र पुर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रशासनले तोकेको निषेधित क्षेत्रमा सभा, प्रदर्शन तथा नारा लगाएर स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/10/File.pdf”]

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : २४ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा