२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सदस्यको भातृत्व विकास बढाउदै तिलोत्तमा रुपन्देही



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४४ औं नियमित बैठक सम्पन्न भएको छ ।

शनिबार बुटवलमा नियमित बैठकमा क्लासिफिकेसन एजेन्डा अन्तरगत विविध कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रममा क्लबका सदस्यहरुका बिचमा भातृत्व विकास गराउन संस्कार संस्कृतिका बारेमा अन्तरक्रिया गरिएको क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

सामाजिक कार्यको लक्ष्यसहित स्थापना भएको अन्य क्लबभन्दा फरक ढंगबाट रचनात्मक कामहरु गरेको उनले बताए । क्लबका सदस्यहरु बिचमा भातृत्व विकास भएमात्र कामप्रति उर्जा थपिने भन्दै उनले आफनो ब्यवसायिक कार्यसंगै प्रतिभा प्रस्फुटन गराउने रुपमा कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमको उदघाटन गर्दै पुर्व अध्यक्ष तथा एजी खिमानन्द भुषालले क्लबमा आवद्ध भएर ब्यक्तिगत विकास र ब्यवसायिक सफलता पाउन सकिने बताए । अघिल्लो महिनामा जन्मदिन पर्नुहुने ३ जना सदस्यहरुको केक काटिएको थियो । क्लबका सदस्य तथा लोकदोहरी गायक दुर्गा नेपालले गायन तथा अतिथि कलाकार कृष्ण गुरुङले सुमधुर बासुरी मार्फत रमाईलो वातावरण बनाएका थिए ।

निवर्तमान अध्यक्ष कृष्ण शर्मा, पुर्व अध्यक्ष बालकृष्ण अर्याल, प्रसिडेन्ड नोमिनि नारायण अर्याल तथा प्रसिडेन्ड ईलेक्ट बिष्णु चापागाईले आआफ्नो ब्यवसायिक सफलता तथा क्लबमा गरेका योगदानका बारे अनुभव शेयर गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ११ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक