१ पुस २०८२, मंगलबार | December 16, 2025

सदस्यको भातृत्व विकास बढाउदै तिलोत्तमा रुपन्देही



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४४ औं नियमित बैठक सम्पन्न भएको छ ।

शनिबार बुटवलमा नियमित बैठकमा क्लासिफिकेसन एजेन्डा अन्तरगत विविध कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रममा क्लबका सदस्यहरुका बिचमा भातृत्व विकास गराउन संस्कार संस्कृतिका बारेमा अन्तरक्रिया गरिएको क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

सामाजिक कार्यको लक्ष्यसहित स्थापना भएको अन्य क्लबभन्दा फरक ढंगबाट रचनात्मक कामहरु गरेको उनले बताए । क्लबका सदस्यहरु बिचमा भातृत्व विकास भएमात्र कामप्रति उर्जा थपिने भन्दै उनले आफनो ब्यवसायिक कार्यसंगै प्रतिभा प्रस्फुटन गराउने रुपमा कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमको उदघाटन गर्दै पुर्व अध्यक्ष तथा एजी खिमानन्द भुषालले क्लबमा आवद्ध भएर ब्यक्तिगत विकास र ब्यवसायिक सफलता पाउन सकिने बताए । अघिल्लो महिनामा जन्मदिन पर्नुहुने ३ जना सदस्यहरुको केक काटिएको थियो । क्लबका सदस्य तथा लोकदोहरी गायक दुर्गा नेपालले गायन तथा अतिथि कलाकार कृष्ण गुरुङले सुमधुर बासुरी मार्फत रमाईलो वातावरण बनाएका थिए ।

निवर्तमान अध्यक्ष कृष्ण शर्मा, पुर्व अध्यक्ष बालकृष्ण अर्याल, प्रसिडेन्ड नोमिनि नारायण अर्याल तथा प्रसिडेन्ड ईलेक्ट बिष्णु चापागाईले आआफ्नो ब्यवसायिक सफलता तथा क्लबमा गरेका योगदानका बारे अनुभव शेयर गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ११ बजे

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा