१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ



पर्वत । पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ ।

अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि १७ वर्षदेखि फरार सूचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुश्माबाट पक्राउ ग¥यो ।

पर्वत जिल्लाको फलेवास नगरपालिकाकी ५० वर्षीया क्षेत्रीलाई कुश्माबजारमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यस्तै सर्वोच्च अदालतले विसं २०६० मै दोषी ठहर गरे पनि पक्राउ पर्न नसकेकी क्षेत्रीले दुई वर्ष पाँच महिना पाँच दिन सजाय भुक्तान गर्न बाँकी भए पनि पक्राउ परेकी थिइनन् ।

सवारी ज्यान मुद्दामा अदालतबाट विसं २०६७ मा दोषी ठहर भएका मोदी गाउँपालिका–६ तिलहारका ३५ वर्षीय दीपेन्द्र सुनार पनि १० वर्षपछि पक्राउ परे । पर्वत जिल्ला अदालतबाट एक वर्ष ११ महिना दुई दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ ।

अदालतबाट दोषी ठहर भए पनि लुकीछिपी बस्दै आएका क्षेत्री र सुनारजस्तै लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको हो ।

बैकिङ कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट विसं २०७६ वैशाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० वर्षीय कृष्णबहादुर कार्कीलाई पनि उनकै घरबाट पक्राउ गरेको छ । बुटवलबाट घरमा आई लुकीछिपी बसेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सूचीमा रहेका छ पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका दुई पक्राउ परेका छन् ।

लागुऔषध, बैकिङ कसुर, भ्रष्टाचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका एक–एक, झुटो विवरण पेश गरी नागरिकता लिएका दुई तथा जालसाज मुद्दाका तीन जना प्रतिवादी पक्राउ परिसकेका छन् ।

पर्वत प्रहरीले यस अवधिमा पक्राउ गरेका फरार प्रतिवादीबाट पाँच वर्ष तीन महिना दुई दिन कैद र रु ११ लाख ४८ हजार १०० जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए।

अदालतबाट दोषी ठहर भए पनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अपराधका घटनाले प्रोत्साहन पाउँदै आएका छन् । साजय पाएका व्यक्ति खुला हिँड्दा निरपराध मानिसको मनोवलसमेत खस्कने गरेको छ ।

पर्वत जिल्लामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ४१ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो