२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रदेश सरकार विरुद्ध बुटवलमा काँग्रेसको जिल्ला बन्द, व्यवसायीहरुको विरोध प्रदर्शन (भिडियो र फोटो फिचर)



बुटवल । बुटवलबाट राजधानी दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्ताव विरुद्ध नेपाली काँग्रेस रुपन्देहीले आज बिहानैदेखि गरेको जिल्ला बन्द गरिरहेको छ ।

काँग्रेसको जिल्ला बन्द एकातिर जारी छ भने अर्कोतिर रुपन्देहीका उद्योगी व्यवसायीहरुले समेत प्रदेश सरकारका विरुद्ध प्रदर्शन गरेका छन् ।

बिहानैदेखि राष्ट्रिय झण्डा बोकेर सडकमा निस्कका उद्योगी व्यवसायीहरुको विरोध प्रदर्शन बुटवलस्थित राजमार्ग चौराहाबाट सुरु भइृ ट्राफिक चौक पुगेर समापन भएको थियो ।

ट्राफिक चौकमा व्यवसायीहरुले गरेको कोणसभामा बोल्ने वक्ताहरुले साबिक लुम्बिनी क्षेत्रका सभासदहरुलाई राजिनामा दिएर सडकमा आउन आह्वान गरे ।

कोणसभामा बोल्दै नेकपाका नेता एवं उद्योग परिसंघका रुपन्देही अध्यक्ष एजाज आलमले मुख्यमन्त्रीले शंकर पोखरेलले आफ्नो मतदाता प्रतिको धर्म निभाउँदै दाङ राजधानी सार्न खोजेको आरोप लगाए । उनले रुपन्देहीका सभासदहरुलाई मतदाता प्रतिको धर्म निभाएर राजीनामा दिन आग्रह गरे ।

नेकपाकै अर्का नेता एवं पश्चिम नेपाल यातायात प्रा।लिका अध्यक्ष दधिराम खरेलले पनि साविक लुम्बिनी अञ्चलका सभासदहरुलाई राजीनामा गरेर सडकमा आउन आह्वान गर्दै पार्टीले कारवाही गरे आगामी चुनावमा स्वतन्त्रबाट साँसद जिताएर पठाउने उदघोष गरे ।

रुपन्देही व्यापार संघका अध्यक्ष यम लोहनीले पार्टी भन्दामाथि उठेर सबै जनता सडकमा आउन सके मात्र बुटवलको अस्थायी राजधानीलाई स्थायी बनाउन सकिने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बागमती प्रदेशलाई केन्द्रभागमा राजधानी नचाहिने, कर्णालीलाई नचाहिने, सुदुर पश्चिमलाई नचाहिने प्रदेश ५ लाईमात्र किन चाहिने भनेर प्रश्न गरे । उनले राजधानीका लागि भने बुटवलमा उद्योगी व्यवसायिक संस्थाहरुले प्रदेश सरकारलाई दिएको संरचनाहरु १५ दिन भित्र खालि गर्न चेतावनी दिए ।

व्यवसायीहरुको प्रदर्शनकै बीच नेपाली काँग्रेसका कार्यकर्ताहरुले बुटवलका बिभिन्न चोकहरुमा टायर बालेर सडक अवरुद्ध बनाएका थिए ।

सम्भाब्य झडपलाई ध्यानमा राख्दै रुपन्देही प्रशासनले आज बिहान ६ बजे देखि २१ गते साँझ ६ बजे सम्म लागुहुने गरि बुटवल उपमहानगर क्षेत्रका बिभिन्न चौकहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ११ : २८ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ