४ श्रावण २०८२, आइतबार | July 20, 2025

म्याद सकिएको सामानमा नयाँ मिति राखेर बिक्रि गर्ने गोदाममा प्रहरी छापा



काठमाडौं । म्याद सकिएको सामान बेच्ने अर्को एक गोदाममा प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीस्थित एक घरमा रहेको गोदाममा छापा मारेर एएसटी प्रालि नामको कम्पनीले राखेका म्याद सकिएका सामानहरु बरामद गरेको छ ।

उक्त घरमा ठूलो परिणाममा चकलेट, केकमा राख्ने चेरी, पिठोलगायत म्याद सकिएका सामानहरु राखिएको थियो ।

ती सामानलाई नयाँ उपभोग्य मिति राखेर पुनः बजारमा वेच्नका लागि रिलेबलिङ गर्ने गरिएको प्रहरीले जनाएको छ । ‘चकलेट, बेकरी आइटम, पाउरोटी, पिठो, चेरीलगायतका म्याद सकिएका सामानहरुमा नयाँ मिति राखेर बेच्ने गरिएको रहेछ’, प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

सामान बरामद गरिएपनि कसैलाई पक्राउ नगरिएको बोहोराले बताए । यसअघि गत बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ मिटि राख्ने गरेको अर्को गोदाममा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ३६ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम