५ श्रावण २०८३, मंगलबार | July 22, 2026

म्याद सकिएको सामानमा नयाँ मिति राखेर बिक्रि गर्ने गोदाममा प्रहरी छापा



काठमाडौं । म्याद सकिएको सामान बेच्ने अर्को एक गोदाममा प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीस्थित एक घरमा रहेको गोदाममा छापा मारेर एएसटी प्रालि नामको कम्पनीले राखेका म्याद सकिएका सामानहरु बरामद गरेको छ ।

उक्त घरमा ठूलो परिणाममा चकलेट, केकमा राख्ने चेरी, पिठोलगायत म्याद सकिएका सामानहरु राखिएको थियो ।

ती सामानलाई नयाँ उपभोग्य मिति राखेर पुनः बजारमा वेच्नका लागि रिलेबलिङ गर्ने गरिएको प्रहरीले जनाएको छ । ‘चकलेट, बेकरी आइटम, पाउरोटी, पिठो, चेरीलगायतका म्याद सकिएका सामानहरुमा नयाँ मिति राखेर बेच्ने गरिएको रहेछ’, प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

सामान बरामद गरिएपनि कसैलाई पक्राउ नगरिएको बोहोराले बताए । यसअघि गत बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ मिटि राख्ने गरेको अर्को गोदाममा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ३६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं