४ पुस २०८२, शुक्रबार | December 20, 2025

पुर्वी नवलपरासीमा महिलाको कान काटेर गहना लुटियो



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार बिहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ ।

कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले लुटेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए ।

पीडित महिलाका श्रीमान दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला ठूला दुई वटा रिङ्ग लुटेर लगेको तर साना साना रिङ्ग भने जोगिएको बताए ।

महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् ।

उनको दुई वटा कान काटिएको छ भने टाउको समेत चोट लागेको छ । पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको