२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ढुंगा प्रहारबाट मुख्यमन्त्री शंकर पोखरेललाई सामान्य चोट : मुख्य सचेतक ढकाल



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका काँग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार नगरेको काँग्रेसले बताएको छ ।

नेपाली काँग्रेसले आइबारको बन्दको समीक्षा गर्न बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा बैठक बसिरहेका कार्यकर्तालाई प्रहरीले कटेजभित्र प्रवेश गरी पक्राउ गरेको बताएको छ ।

आईतबार साँझ काठमाडौंबाट बुटवल फर्कने क्रममा बुटवल राजमार्ग चौराहा नजिकै मुख्यमन्त्री सवार गाडीलाई लक्षित गर्दै ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको स्कर्टिङको गाडी सहित मुख्यमन्त्री पोखरेल सवार गाडीमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ५ प्रदेश सभाका मुख्य सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री सवार गाडीमा ढुंगामुढा गर्ने प्रयास गरिएको र प्रहार भएको ढुंगाबाट मुख्यमन्त्री पोखरेललेलाई हल्का चोट लागेको बताए । उनले केही सुरक्षाकर्मी समेत सामान्य घाइते भएको बताए ।

गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल,  तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की, सञ्चारकर्मी कमला पाण्डेलाई पक्राउ गरेको काँग्रेस रुपन्देहीले जनाएको छ ।

नेपाली काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले मुख्यमन्त्री आफैले परिस्थितिलाई उत्तेजित बनाएको आरोप लगाएका छन् ।

जनताको स्वाभाविक आक्रोशबाट मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार भएको बताउँदै उनले जनताले गरेको प्रतिकारमा प्रहरीले काँग्रेस कार्यकर्तालाई पक्राउ गरेको बताए । मुख्यमन्त्रीको आदेशमा काँग्रेस कार्यकर्ता र जनतालाई धरपकड गरेर अझै अवस्था उत्तेजित बनाउन खोजिएको पाण्डेले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ०८ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ