२ पुस २०८२, बुधबार | December 18, 2025

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो



काठमाडौं । कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ ।

आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले रु तीन अर्ब २५ करोड लगानी गर्न लागेका हुन् ।

बैंक र आयोजनाबीचमा भएको सम्झौताअनुसार ऋण लगानीमा अगुवाई गरेको कुमारी बैंकले रु दुई अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले रु एक अर्ब २५ करोड लगानी गर्ने भएका हुन् ।

बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका हुन् ।

आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धकबीच हस्ताक्षरसमेत भइसकेको छ । आगामी मंसिरदेखि निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ । रासस

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : १८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल