२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

अक्टोबर ३१ सम्म नयाँ दिल्लीका विद्यालय बन्द रहने



एजेन्सी । कोभिड-१९ को महामारीका कारण लामो समयदेखि बन्द भएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय यो महिनाको अन्त्यसम्म नखुल्ने भएका छन् ।

विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द नै रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बताएका छन् । ‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,’ सिसोडियाले भने ।

भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भए पनि खोल्ने भन्ने चर्चा चुलिएका बेला उपमुख्यमन्त्री सिसिडियाले यसबारे सरकारी धारणा सार्वजनिक गरेका हुन् ।

यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड-१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो ।

यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ । विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।

विश्वमा कोभिड-१९ का कारण दोस्रो बढी प्रभावित भारतमा दिल्ली छैठौँ बढी प्रभावित राज्य हो । दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५१ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा