१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सहकार्य सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अब नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

सम्झौता समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए ।

नगरप्रमुख घनश्याम राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जनाए ।

कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले संचालन गरेको कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, नगरपालिकाका कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : ४५ बजे

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय