२९ माघ २०८१, मंगलबार | February 12, 2025

ढोरपाटन बाढी प्रभावितलाई काँग्रेस बागलुङको राहत



बागलुङ । नेपाली काँग्रेस बागलुङले ढोरपाटनका बाढी प्रभावित परिवारलाई नगदसहित राहत सामग्री प्रदान गरेको छ ।

आइतबार बाढीग्रस्त क्षेत्रमै पुगी ४० लाख बराबरको राहत हस्तान्तरण गरिएको काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए ।

बाढीमा ज्यान गुमाएका, बेपत्ता, घाइते र घरबासविहीन बनेका परिवारलाई राहत उपलब्ध गराइएको सभापति क्षेत्रीको भनाइ छ । काँग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, भातृ तथा शुभेच्छुक सङ्गठनलगायतको सक्रियतामा राहत जुटाइएको थियो ।

राहत अभियानमा काँग्रेसका नेता, कार्यकर्तालगायत देश–विदेशमा रहेका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका थिए । मृतक र बेपत्ता ३७ जनाका परिवारलाई रु सात हजारका दरले सहयोग उपलब्ध गराइएको बागलुङ–२ क्षेत्रीय समितिका सभापति द्रोर्ण कुँवरले बताए ।

घरबास गुमाएका ७९ परिवारलाई १८ वटाका दरले रङ्गीन जस्तापातासहित एक÷एक बोरा चामल, नून, तेललगायत खाद्यान्न सामग्री प्रदान गरिएको थियो । घरमा आंशिक क्षति पुगेका ४० र भाडामा बसेका तर सम्पत्ति गुमाएका १४ परिवारलाई पनि खाद्यान्न सामग्री वितरण गरिएको जनाइएको छ ।

यस्तै बाढीमा परी घाइते भएका तीन जनालाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरिएको क्षेत्रीय सभापति कुँवरले बताउनुभयो । बाढीमा क्षतिग्रस्त जनचेतना आधारभूत विद्यालयका लागि १० बण्डल, तीन लघुजलविद्युत् आयोजना र सामुदायिक स्वास्थ्य एकाइलाई चार÷चार बण्डलका दरले जस्तापाता हस्तान्तरण गरिएको थियो ।

बाढी प्रभावित परिवारको तत्कालको खाँचो टार्न लत्ताकपडासमेत सहयोग गरिएको जनाएको छ । “अस्थायी बाससहित बाढी प्रभावितको दैनिक गुजारा चलोस् भनेर जस्तापाता, नगद र खाद्यान्न सहयोग गरेका हौँ”, क्षत्रीय सभापति कुँवरले भने ।

जिल्ला सभापति थापाले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण छिटो शुरु गर्न सरकारसँग माग गरे । जिल्ला सभापति थापासहित महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, नरबहादुर पुन, सिँहबहादुर राना, अर्जुन शेरचनलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी २२ जनाले ज्यान गुमाउनुप¥यो भने १५ जना अझै बेपत्ता छन् ।

बाढी प्रभावितका लागि राहत जुट्ने क्रम जारी छ । नगरपालिकाले खडा गरेको राहत कोषमा डेढ करोड बढी रकम जम्मा भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ४५ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर