७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँके र रुपन्देही कोरोना संक्रमित थपिनेमा प्रतिस्पर्धा गर्दै, रुपन्देहीमा ७९ थपिँदा बाँकेमा थपिए ७० संक्रमित



बुटवल । प्रदेश राजधानी गुमाउने सम्भानामा आन्दोलित जिल्ला रुपन्देही र थोरै भएपनि प्रदेश राजधानी नजिक आएकोमा राहत महसुस गरेको जिल्ला बाँकेलाई कोरोना भाइरसले भने कडा आक्रमण गर्न छाडेको छैन ।

प्रदेश ५ मुख्य शहर बुटवल र नेपालगन्जमा सोमबार ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ नयाँ कोरोना संक्रमित थपिएका छन् भने बाँकेमा ७० जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा सोमबार पनि बुटवल उपमहानगरपालिकामा सबै भन्दा बढी संक्रमित थपिएका छन् बुटवलमा ३९ जना संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा २१ जना, सैनामैनामा ७ जना, मायादेशी गाँउपालिका र सिद्धार्थनगर नग।पालिकामा ३।३ जना, देवदह नगरपालिकामा २ जना तथा कन्चन, सियारी, गैडहवा र सुद्धोदन गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २९९५ जना पुगेको छ । जिल्लामा २६ जनाको मृत्यु भएको छ ।

उता बाँकेमा सोमबार ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालाबाट ३४ जना, नेपालगन्ज मेडिकल कलेज ल्याबबाट २४ जना र बागेश्वरी पीसीआर ल्याबबाट १२ जना नयाँ संक्रमित थपिएका छन् ।

बाँकेमा सोमबार सम्ममा कुल कोरोना संक्रमितको संख्या २१२० पुगेको छ । बाँकेमा आज मात्र ४८ जना कोरोना मुक्त भएर घर फर्केका छन् । कुल डिस्चार्ज भएकाहरुको संख्या १६५० पुगेको छ । बाँकेमा जिल्ला भित्रका २१ जनाको मृत्यु भएको छ भने जिल्ला बाहरिबाट बाँकेमा उपचार गर्न आएका मध्य ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई