१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बाँके र रुपन्देही कोरोना संक्रमित थपिनेमा प्रतिस्पर्धा गर्दै, रुपन्देहीमा ७९ थपिँदा बाँकेमा थपिए ७० संक्रमित



बुटवल । प्रदेश राजधानी गुमाउने सम्भानामा आन्दोलित जिल्ला रुपन्देही र थोरै भएपनि प्रदेश राजधानी नजिक आएकोमा राहत महसुस गरेको जिल्ला बाँकेलाई कोरोना भाइरसले भने कडा आक्रमण गर्न छाडेको छैन ।

प्रदेश ५ मुख्य शहर बुटवल र नेपालगन्जमा सोमबार ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ नयाँ कोरोना संक्रमित थपिएका छन् भने बाँकेमा ७० जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा सोमबार पनि बुटवल उपमहानगरपालिकामा सबै भन्दा बढी संक्रमित थपिएका छन् बुटवलमा ३९ जना संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा २१ जना, सैनामैनामा ७ जना, मायादेशी गाँउपालिका र सिद्धार्थनगर नग।पालिकामा ३।३ जना, देवदह नगरपालिकामा २ जना तथा कन्चन, सियारी, गैडहवा र सुद्धोदन गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २९९५ जना पुगेको छ । जिल्लामा २६ जनाको मृत्यु भएको छ ।

उता बाँकेमा सोमबार ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालाबाट ३४ जना, नेपालगन्ज मेडिकल कलेज ल्याबबाट २४ जना र बागेश्वरी पीसीआर ल्याबबाट १२ जना नयाँ संक्रमित थपिएका छन् ।

बाँकेमा सोमबार सम्ममा कुल कोरोना संक्रमितको संख्या २१२० पुगेको छ । बाँकेमा आज मात्र ४८ जना कोरोना मुक्त भएर घर फर्केका छन् । कुल डिस्चार्ज भएकाहरुको संख्या १६५० पुगेको छ । बाँकेमा जिल्ला भित्रका २१ जनाको मृत्यु भएको छ भने जिल्ला बाहरिबाट बाँकेमा उपचार गर्न आएका मध्य ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : २९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग