१६ बैशाख २०८३, बुधबार | April 30, 2026

सरकारी प्रस्तावको विपक्षमा मतदान गर्न काँग्रेसको ह्वीप, दाङका सांसदले ह्वीप उल्लंघन गर्ने प्रमुख सचेतक हमालको खुलासा



बुटवल । प्रदेश ५ प्रदेशसभामा प्रमुख विपक्षीदल नेपाली काँग्रेसको संसदीयदलले प्रदेश सरकारले राजधानीका बिषयमा संसदमा पेश गरेको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

आज बिहान काँग्रेस संसदीयदल कार्यालयमा बसेको दलको बैठकले सरकारले प्रस्ताव गरेको दाङको भालुवाङमा स्थायी राजधानी तोक्ने प्रस्तावको विपक्षमा मतदान गर्ने ह्वीप जारी गरेको हो ।
पार्टीले ह्वीप जारी गरेपछि काँग्रेस सांसदहरु अलमलमा परेका छन् । दाङ, बाँके र बर्दियाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पार्टीको ह्वीपले अन्यौल बनाएको बताएका छन् ।

संसदीयदलमा काँग्रेसका मुख्य सचेतक सुरेन्द्र हमालले दाङबाट प्रतिनिधित्व गर्ने सांसदले ह्वीप नमान्ने निर्णय गरेको खबरकुरालाई जानकारी दिएका छन् ।

बाँके र बर्दियाका सांसदहरुले पनि बैकल्पिक बाटो खोज्दै गरेको बताउँदै सचेतक हमालले अनुपस्थित हुने की, पक्षमा मत हाल्ने की भन्ने बिषयमा छलफल भैरहेको बताए ।

प्रदेश ५ प्रदेश सभामा नेपाली काँग्रेसका १९ जना सांसद छन् । जसमध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलबाट रहेका छन् ।

यस्तो छ अंक गणित :

प्रदेश ५ को प्रदेश सभामा कुल ८७ जना सांसद छन् । यस अवस्थामा सरकारले पेश गरेको प्रस्ताव दुई तिहाईले पारित हुन् कुल ५८ मत चाहिन्छ ।

प्रदेश सभामा सत्तारुढ नेकपाका ६१ सांसद छन् भने नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

सरकारको प्रस्तावलाई सत्तारुढ दल नेकपाका सबै सांसदले समर्थन गरेमा मात्र पनि राजधानी सार्ने प्रस्ताव सजिलै पारित हुन सक्छ । तर, रुपन्देही जिल्लासहित आसपासका जिल्लाका १४ सांसदले संसदीय दलमा नै फरक मत दर्ज गरेर विपक्षमा उभिने संकेत गरिसकेका छन् । उनीहरुलाई भेगीय हिसावले राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न जन दबाब पनि रहेको छ ।

१४ जनाले विपक्षमा मतदान गरेमा नेकपासँग ४७ मत मात्र रहन्छ । यस अवस्थामा सरकारलाई आफ्नो प्रस्ताव पारित गराउन थप ११ मत आवश्यक पर्दछ ।

अब नेपाली काँग्रेसका १९ जना सांसदमध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलबाट रहेका छन् । काँग्रेसका ६ जना सांसद थपिँदा प्रस्तावको पक्षमा ५३ मत हुन्छ, जसबाट पनि प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाई मत पुग्दैन ।

त्यस्तै समाजवादी जनता पार्टीको तर्फबाट बाँके र बर्दियाका गरी २ सांसद र राष्ट्रिय जनमोर्चाको प्युठानका एक सांसदले प्रस्तावको पक्षमा मत दिएमा ५६ मत हुन्छ । यसबाट पनि राजधानी सार्ने प्रस्तावको पक्षमा दुइतिहाई पुर्‍याउन २ अझै नपुग्ने देखिन्छ ।

यस अवस्थामा कपिलवस्तुका तर्फबाट काँग्रेसका ५ जना सांसद मध्ये २ जनाले पक्षमा मतदान गरेमा राजधानी सार्ने प्रस्ताव पारित हुने अवस्था भने आउन सक्छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : २१ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात