५ पुस २०८२, शनिबार | December 20, 2025

१० पुरुष र ५ महिलासहित १५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारी अनुसार १० जना पुरुष र ५ जना महिलाको निधन भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ७ जनाको मृत्यु भएको छ । काठमाडौंका ४५ , ५३ , ६४ , ६९ वर्षीया चार पुरुषको मृत्यु भएको छ भने ललितपुरका ४३ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

यस्तै, काठमाडौंका ६६ , ७२ वर्षीया दुर्इ महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङमा ४० र ६० वर्षीय दुई पुरुष र चितवनका ६१ वर्षीय पुरुष पनि ज्यान गएको छ । यसैगरी सिरहाकी ५० वर्षीया र रौतहटकी ७२ वर्षीया महिलाको निधन भएको छ ।

यस्तै, रुपन्देहीका ५५ वर्षीया पुरुष , नवलपरासीका ७६ वर्षीया पुरुषको मृृत्यु भएको छ भने दाङकी ७१ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ५ सय ७८ जनाको कोरोना स.क्रमणबाट मृत्यु भएको छ । यो मृत्यु दर कुल कोरोना संक्रमित मध्ये ० दशमलव ६१ प्रतिशत हो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : ५१ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने