२२ माघ २०८२, बिहिबार | February 5, 2026

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम संचालन सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (NBI) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आर्थिकवर्ष २०७७/०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्नेछ ।

त्यसअवसरमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि हुने बताए ।

इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि गर्ने जिकिर गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश जानकारी गराएका थिए । कार्यक्रमको संचालन सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले गरेका थिए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेल, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : १३ बजे

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु