७ आश्विन २०८३, बुधबार | September 23, 2026

सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनले आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ० दशमलव ४ प्रतिशतले वृद्धि भै ० दशमलव ६ प्रतिशतमा पुग्ने अनुमान गरेको हो ।

कोरोनाभाइरस महामारीका कारण गरिएको लकडाउनले पर्यटन क्षेत्रमा पुर्याएको गम्भीर असरका कारण सन् २०२० को आर्थिक वृद्धिदर ० दशमलव २ प्रतिशतमा खुम्चिने अनुमान विश्व बैंकको रहेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको अपडेट अनुसार यसवर्ष नेपाल मात्र नभएर सिंगो दक्षिण एशिया नै गहिरो आर्थिक मन्दीमा डुबेको जनाएको छ । यस क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरु सबैभन्दा मारमा परेका छन् । लाखौंले रोजगारी गुमाएका कारण दक्षिण एशियाबासीहरु झन बढी गरिबीमा धकेलिँदै गएको विश्व बैंकले निस्कर्ष निकालेको छ ।

माल्दिभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने जनाएका छन् ।

ती मानिसहरु चरम गरिबीमा धकेलिने सम्भावना रहेको जर्भोसले बताए। राज्यले उनीहरूलाई तत्काल आय, सामाजिक सुरक्षा, र रोजगारीसहितको सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।

पछिल्लो ५ वर्षमा दक्षिण एशियाको आर्थिक वृद्धिदर वार्षिक ६ प्रतिशतको हाराहारीमा थियो । तर, सन् २०२० मा ७ दशमलव ७ प्रतिशतले आर्थिक संकुचन हुने आंकलन गरिएको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धिदर ४दशमलव ५ प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ३ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११