१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रहरीको पोशाक दुरुपयोग नगर्न प्रधान कार्यालयको निर्देशन



काठमाडौं । प्रहरी प्रधान कार्यालयले पोशाक दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।

कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गितीक श्रव्यदृष्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचाररप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

विज्ञप्तिमा स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ ।

यस किसिमका कुनै पनि कार्य भएरगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज