३ पुस २०८२, बिहिबार | December 18, 2025

टुंगियो लन टेनिसको विवाद खुल्यो ताला



बुटवल । बुटवल लन टेनिस कम्प्लेक्समा श्रमिकको ज्याला र निर्माण सामग्रीको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधान भएको छ ।

भदौ २९ गते देखि बन्द रहेको कोर्टको ताला लन टेनिस खेलमैदान निर्माण उपभोक्ता समिति र लन टेनिस संघको संयुक्त पहलमा निर्माण सामग्री र श्रमिकको ज्याला भुक्तानी गरिएसंगै समाधान भएको समितिका अध्यक्ष केश बहादुर थापाले बताए ।

निर्माणमा १७ लाख तिर्नुपर्नेमा रकममध्ये नगद १० लाख दिने र बाकि ७ लाख सहयोग गर्ने सहमति भएको समितिका कोषाध्यक्ष अर्जुन गुरुङले बताए । उपभोक्ता समिति र संघको पहलमा विवाद समाधान भएको उनले बताए । ‘हामीले पहल गरेर केही संस्थाहरु र दाताहरुबाट छुट मिलेको छ ।’– उनले भने । उपभोक्ता समितिबाट २ लाख र नया कार्यसमितिका सदस्य तथा खेलाडीहरुबाट करीब ८ लाख रुपैया उठाएर तिरेको उनले बताए ।

तिर्नुपर्ने मध्ये सहारा ईन्जिनियरिङले ३ लाख ३३ हजार हजार, रामकुमार चौधरीले ७५ हजार, एलबी ईट्टाले १ लाख, सिद्धार्थ ईट्टाले १ लाख, सुभाष मार्वलले ३८ हजार, गंगाजमुना सप्लायर्सले २३ हजार, डिके सप्लायर्सले १५ हजार, केएस सप्लायर्स १३ हजार, राजकुमार भट्टराई ५ हजार, कालिका डिजल्स ३२ हजार, निर्मल निर्माण सेवाले ५५ हजार, पुर्णानन्द गिरिले १२ हजार ५ सय, कमल ट्रेनिङ १५ हजार गरि ७ लाख ११ हजार ५ सय रुपैया संघलाई सहयोग गर्ने सहमती भएको उनले बताए ।

तालाबन्दी गरेका सहारा ईन्जिनियरिङका सन्तोष कुवरले विवाद समाधान भएको बताए । खेलकुद क्षेत्र भएकाले आफुहरु लिनुपर्नेमध्ये ३ लाख ३३ हजार रुपैया बराबार सहयोग गरेको उनले बताए । विस २०७५ सालमा ९५ लाख १३ हजार रुपैया खर्च भएको कोर्टमा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदबाट ७४ लाख १८ हजार प्राप्त भएको थियो भने स्थानिय खेलाडीहरुबाट ४ लाख ७५ हजार ६ सय ६२ रुपैया बराबर श्रमदान भएको थियो ।

नगर खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिको पहल तथा स्थानिय समाजसेवीहरुको पटकपटक पहलमा पनि विवाद समाधान हुन सकेको थिएन ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन