१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

इनोभेसन एण्ड स्टार्टअप राज्यको प्राथमिकता हुनुपर्नेमा जोड



काठमाडौं । इनोभेसन र स्टार्टअपमा राज्यको प्राथमिकता जानुपर्ने दोस्रो ज्ञान सम्मेलनमा बोल्ने वक्ताहरुले बताएका छन् ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनका क्रममा इनोभेसन र स्टार्टअप विषयक छलफलका क्रममा वक्ताहरुले नेपालमा इनोभेसन आवश्यक भएको बताएका थिए । त्यसका लागि सरकार लचिलो भएर अघि बढ्नुपर्ने र व्यवसायका लागि स्टार्टअपमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण डा. राजु अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न देशमा कार्यरत नेपाली तथा विदेशीहरुले आफ्ना अनुभव सुनाएका थिए । प्रविधिको आत्मसात गर्न सके मात्रै देशले फड्को मार्न सक्ने वक्ताहरुले बताए ।

प्रोफेसर एन्ड्र पार्डोले कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियाको आफ्नो अनुभव सुनाएका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. रामेश्वर अधिकारी, हरि पाण्डे, डा. आरपी त्रिपाठी, डा. रोन चाटलर, डा. भिमप्रसाद काफ्ले, समी कार्की, किसुन घेलान लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

यो पनि : योजनावद्ध पूर्वाधार निर्माण गर्न सरकारलाई विज्ञहरुको सुझाव

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले