२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए



लण्डन । विज्ञहरुले राज्यले प्राविधिक एवं व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिनुपर्ने बताएका हुन ।

प्राविधिक र व्यवसायिक शिक्षाले सम्मानजनक रोजगारी सिर्जना भई समग्र देश विकासमा समेत टेवा पुग्ने वक्ताहरुको धारणा छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यवसायीक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताइन् ।

‘सरकारले पनि पछिल्लो समय प्राविधिक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हामी पनि यो विषयमा निकै संवेदनशील छौँ,’ उनले भनिन ।

नेपालले योजनाबद्ध विकासको लक्ष्य अघि सारेकाले यसमा पनि प्राविधिक तथा व्यवसायीक शिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले समग्र विश्वको विकास पनि प्राविधिक शिक्षा बिना सम्भव नरहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै लक्ष्मी बैंक तथा प्राइम लाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले प्राविधिक तथा व्यवसायीक शिक्षा निकै सान्दर्भक भएको बताए ।

सैदान्तिक शिक्षाको तुलनामा व्यवसायीक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्छ । साथै यसले जीवन स्तर सुधार गर्दै आर्थिक विकासमा पनि टेवा पुयाउँछ,’ उनले भने, ‘यदि तपाइँले कसैलाई तालिम दिनु भयो भने त्यो तालिम काम खोजिरहेकाहरुका लागि मात्रै महत्वपूर्ण हुँदैन यो समग्र उद्यमीहरु तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छ ।’

सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगि मुलुक आर्थिक उन्नतीतर्फ अग्रसर हुने उनको भनाइ थियो । अहिले समग्र विश्वको विकास व्यवसायीक तथा प्राविधिक शिक्षाकै कारण सम्भव भएको उनले जोड दिए ।

नेपालमा पनि प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गएता पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताए । तर नेपालका पाठ्यक्रम सैदान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आबश्यक रहेको उहाँले औँल्याउनु भयो ।

नेपालमा स्रोत तथा साधनको अभावका कारण प्राविधिक तथा व्यवसायीक शिक्षामा पनि फड्को मान नसकेको भन्दै यसका लागि बजार क्षमता तथा तात्पर्यता बढाउन उनले जोड दिए ।
नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम (टेक्नीकल एण्ड भोकेस्नल एजुकेशन एण्ड ट्रेनिङ) को महत्व दर्शाउँदै यसमा अध्ययन अनुसन्धान गरेर अगाडि बढ्न आबश्यक रहेको उनले बताए ।

साउद एशिया ह्युमन एण्ड सोसल डभेलपमेन्ट डिभिजन बैंक तथा एशिएन डेभलपमेन्ट बैंक (एडीबी) का निर्देशक डा. साङ्गस्युप राले एसियामा सीप विकासका चूनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै एशियामा अनुसन्धान तथा व्यवस्थापनको अभावका कारण प्राविधिक शिक्षाको विकास हुन नसकेको औंल्याए ।

बेमेल, औद्योगिक साझेदारीको अभाव, कमजोर संस्थागत क्षमता, नवप्रवद्र्धनका लागि कमजोर समर्थन तथा छुट्टै रणनीतिको अभावका कारण नेपालसहित समग्र एशियामा प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासमा चुनौती खडा भएको उनको भनाइ थियो ।

पछिल्लो समय एशिया प्राविधिक क्षेत्रमा विस्तारै फड्को मार्न थालेको उहाँले बताउँदै उनले प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासका लागि अध्ययन, अनुसन्धान तथा साझेदारीमार्फत छुट्टै रणनीति बनाएर अगाडी बढ्नुपर्ने उल्लेख गरे ।

 

यो पनि : योजनावद्ध पूर्वाधार निर्माण गर्न सरकारलाई विज्ञहरुको सुझाव

               इनोभेसन एण्ड स्टार्टअप राज्यको प्राथमिकता हुनुपर्नेमा जोड

 

डा. उत्तम गौलीले सञ्चालन गरेको कार्यक्रमको पहिलो सेसन अन्तर्गतको कार्यक्रममा अमेरिकन एशोसिएसन अफ कम्युनिटी कलेजका पूर्व सिइओ डा।जर्ज बक्स, अमृता शर्मा पिएचडी स्टुटेन्ट इन डेभलपमेन्ट स्टडीज काठमाडौं युनिभर्सिटी लगायतले आफ्नो धारणा राखे ।

सोही कार्यक्रमको दोस्रो सेसन अन्तर्गत पनि राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा, एनआरएनएका उपाध्यक्ष मन केसी, प्रोफेसर, मशेशनाथ पराजुली, डा. तुल्सी धरेल, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, मन केसी उपाध्यक्ष एनआरएनए , सांसद डा. सूर्य पाठक, एनआरएनएका पदाधिकारी राम थापा तथा एग्रिकल्चर इन्फरमेशन एण्ड ट्रेनिङ सेन्टर नेपालका प्रमुख श्रीराम घिमिरेले आफ्नो धारणा राखेका थिए ।

डा. उमा प्रधानले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै अधिकांशले नेपालमा प्रविधिक तथा व्यवसायीक शिक्षाको महत्व रहेको औंल्याएका थिए । प्राविधिक शिक्षाले युवाहरुको क्षमता अभिवृद्धि मात्र होइन दिर्घकालीन रोजगारी सिर्जनामा समेत टेवा पुर्याएको उनीहरुले उल्लेख गरे ।

प्राविधिक तथा व्यवसायीक शिक्षाको आवश्यकता तथा महत्व बढेसँगै सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षाको विकासमा ध्यान दिनुपर्ने उनीहरुको जोड थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ०० बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा