४ पुस २०८२, शुक्रबार | December 20, 2025

डा. केसीलाई अनसन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह



काठमाडौं । सरकारले डाक्टर गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

सरकारी वार्ता टोलीले शनिबार विज्ञप्ति जारी गर्दै अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको हो ।

शिक्षामन्त्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि जारी गरिएको विज्ञप्तिमा डा. केसीसँग यसअघि भएका सम्झौतालाई योजनावद्ध रुपमा कार्यान्वयन गरिँदै आएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूवर्नधार निर्माण अन्तिम चरणमा छ ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’।

सरकारी वार्ता समितिले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा रहेको जनाएको छ । यसैगरी चिकित्सा शिक्षा ऐन संशोधनका लागि कार्यदल गठन गरेर काम थालिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिउको छ ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको