११ श्रावण २०८३, सोमबार | July 28, 2026

डा. केसीलाई अनसन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह



काठमाडौं । सरकारले डाक्टर गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

सरकारी वार्ता टोलीले शनिबार विज्ञप्ति जारी गर्दै अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको हो ।

शिक्षामन्त्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि जारी गरिएको विज्ञप्तिमा डा. केसीसँग यसअघि भएका सम्झौतालाई योजनावद्ध रुपमा कार्यान्वयन गरिँदै आएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूवर्नधार निर्माण अन्तिम चरणमा छ ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’।

सरकारी वार्ता समितिले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा रहेको जनाएको छ । यसैगरी चिकित्सा शिक्षा ऐन संशोधनका लागि कार्यदल गठन गरेर काम थालिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिउको छ ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ४९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला