२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् ।

फेसबुकमा भट्टराईले लेखेका छन्, ‘गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमाण्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु।’

भट्टराईले हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको भन्दै केहि दिन यता आफुसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरृका छन् ।

उनले ‘कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’ भनेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : २२ बजे

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको