११ श्रावण २०८३, सोमबार | July 28, 2026

दाङको कोरोना अस्पतालमा पहिलो कोरोना संक्रमितको मृत्यु



घोराही । दाङको बेलझुण्डी स्थित कोरोना अस्पतालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीबाट उपचारका लागि बुलझुण्डी रेफर गरिएकी तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको हो ।

आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा रेफर गरिएको थियो ।

उनलाई आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

बेलझण्डीको कोरोना अस्पतालमा ८४ बेड रहेको कोरोना अस्पतालमा ५ वटा आईसीयू बेड रहेको छ । शनिबार मृत्यु भएपछि अस्पतालमा ३ वटा आईसीयूमात्र खाली रहेको फोकलपर्शन चन्दले बताए ।

ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : २० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला