५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रोजगारी गुमाएकालाई कृषिमा आबद्ध गराइने



अर्घाखाँची । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ ।

मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कुषि पेशामा युवालाई आकर्षित गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिइन ।

मन्त्री पौडेलले कृषिमा आबद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरणसमेतको व्यवस्थाको गरिने बताइन ।

सन्धिखर्कमा संचारकर्मीसँग कुराकानी गर्दै पौडेलले प्रदेशलाई चिया, छुर्पी र महमा नमुना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न थालेको जानकारी दिइन ।

मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उत्पादनमा बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरी युवालाई कृषि पेशामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ३२ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल