२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कर्मचारी कोरोना संक्रमित भएपछि वाणिज्य विभागका अधिकांश सेवा स्थगित



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ ।

विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि आजदेखि उक्त कार्य स्थगन भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार उक्त सेवाका लागि यही असोज २३ गतेसम्म निवेदन पेश भएका सम्पूर्ण कार्य स्वास्थ्य सुरक्षा अपनाउँदै फछ्र्योट गरिनेछ ।

यसैगरी विभागले मङ्सिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरण बाहेकका कामका लागि अनलाइनबाट आवेदन गर्ने व्यवस्थासमेत स्थगन गरेको छ ।

विभागको व्यापार प्रशासन सम्बद्ध तथा बजार अनुगमन शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै अधिकांश सेवा स्थगन गरिएको हो ।

विभागका धेरै कर्मचारीको सरुवा भएको तथा नयाँ आउने कर्मचारी आइनपुग्दा सेवा प्रवाहमा समस्या भएको विभागका अधिकारी बताउँछन् ।

बजार अनुगमनका कर्मचारी पर्याप्त मात्रामा नहुँदा दैनिक चार समूहबाट अनुगमन गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ५० बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका