काठमाडौं । संघीय सरकारका अर्का एक मन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन खड्काले बताएकाछन् । मन्त्री पोखरेल अस्पतालमै उपचाररत रहेका छन् ।
पोखरेलको सचिवालयले केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।
शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि, यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको तर केही लक्षण नदेखिएको जानकारी गराएका थिए ।
प्रतिक्रिया