१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण



काठमाडौं । संघीय सरकारका अर्का एक मन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन खड्काले बताएकाछन् । मन्त्री पोखरेल अस्पतालमै उपचाररत रहेका छन् ।

पोखरेलको सचिवालयले केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि, यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको तर केही लक्षण नदेखिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ०९ बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौं । आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो

आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न दुवै टिममाथि जित्नै पर्ने दबाब

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१