१९ आश्विन २०८३, सोमबार | October 5, 2026

करेन्ट लगाएर माछा मार्ने ९ जनालाई जरिवाना



तनहुँ । बन्दीपुर गाउँपालिका-४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरिवाना गराइएको छ ।

अवैधरूपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जनही पाँच हजार रूपैयाँका दरले जरिवाना गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका-१, कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरूलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट आइतबार जरिवाना गराइएको छ । रासस

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : १४ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित