१८ माघ २०८२, आइतबार | February 1, 2026

अनलाइन भोटिङ्गको विकल्प छैन् : शेष घले, एनआरएनए प्रमुख संरक्षक



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको नेतृत्व चयन अनलाइन मतदानबाट हुनु पर्ने विचार व्यक्त गरेका छन् ।

संघका प्रमुख संरक्षक समेत रहेका घलेले आइतवार संघद्धारा आयोजित ‘एनआरएन डे’ को विषेश कार्यक्रमलाई सम्वोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

घलेले कोरोना महामारीकाबीच संघको नेतृत्व चयनको सम्भवना नभएको बताउदै अहिले अनलाइन भोटिङ्गको चर्चा चल्नु समय सान्दर्भिक र आवश्यक छलफलको विषय भएको बताए ।

राष्ट्रिय समिति (एनसीसीहरुमा)मा समेत निर्वाचन गर्नुपर्ने अवस्थामा कोरोना भाइरस बिरुद्धको भ्याक्सिन नआएसम्म संघमा फेस टु फेस निर्वाचन हुन नसक्ने भन्दै अनलाइन भोटिङ्गलाई विश्वसनिय बनाउन आग्रह गरे ।

पूर्वअध्यक्ष घलेले ‘भिजन २०२०’ मार्फत संघभित्र एमआईएस सिस्टमको शुरुआत गरेका थिए । संघको नेतृत्वले अहिले ‘भिजन २०२०’ को अवधारण अनुरुप अनलाइन मतदान सहितको प्रस्तावअघि सारेको छ ।

संघभित्र अनलाइन मतदानमार्फत संस्थालाई पुर्नसंरचना गर्ने प्रस्ताव अघि सारे पछि घलेले संघको निर्वाचन अनलाइन मार्फत हुनु पर्ने धारणा सार्वजनिक गरेका हुन् ।

घलेले अघि सारेको ‘भिजन २०२०’ अवधारणाले संघलाई अझ वैज्ञानिकरण र प्रविधीमैत्रीमा जोड दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ५९ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री