२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कर्णाली सरकार विरुद्ध अविश्वास प्रस्ताव फिर्ताको निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार विरुद्ध पार्टी संसदीय दलमा दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकार विरुद्ध पूर्व एमाले समुहले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि काठमाडौंमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई भेट गरी प्रस्ताव फिर्ताको निर्देशन आग्रह गरेका छन् ।

सोमबार बिहान भएको भएको भेटमा प्रचण्डले पार्टी एकताको भावना विपरित आएको अविश्वासको प्रस्ताव फिर्ता नहुँदा अन्य प्रदेशलाई समेत प्रभावित पार्न सक्ने भन्दै प्रस्ताव फिर्ताको विकल्प नभएको बताएका हुन् । प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध राखिएको अविश्वासको प्रस्तावले पार्टीको एकता र स्थायी कमिटीको भावना विपरित भएको भएको धारणा राखेका छन् ।

कर्णाली प्रदेशमा पूर्व एमाले समुहका नेता यामलाल कँडेको नेतृत्वमा आइतबार प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । प्रदेश सरकार बन्ने बेलादेखि नै आफु मुख्यमन्त्री हुन पाउनुपर्ने माग गर्दै आएका कँडेलले मुख्यमन्त्री शाही विरुद्ध सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै प्रस्ताव दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अघि प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गरेका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा माधव नेपाल समुह र पूर्व मओवादीकै पनि ३ जना सांसद रहेका छन् ।

अविश्वासको प्रस्ताव फिर्ता नभए त्यसले अन्य प्रदेशमा मनोवैज्ञानिक प्रभाव पार्ने र अन्ततः पार्टी एकतामै गम्भीर संकट आउने निस्कर्ष पूर्वमाओवादी पक्षको रहेको छ ।

पार्टी एकता पूर्व नै गठन भएका सात प्रदेश सरकारमध्ये ५ वटामा पूर्व एमाले र २ वटा प्रदेशमा पूर्वमाओवादीको नेतृत्व रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ४३ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको