६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

दशैंको शुभकामना दिँदै मुख्यमन्त्री शाहीले भने, – सङ्घीयता अभ्यासमा केन्द्रीकृत सोच देखियो



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको अभ्यासको क्रममा देखा केन्द्रीकृत सोच देखा परेको बताएका छन् ।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छा शक्तिको कमीलगायतका समस्याहरुसँग लडिरहेको जनाएका छन् ।

दशैंको शुभकामना अवसरलाई प्रयोग गर्दै मुख्यमन्त्री शाहीले कर्णालीप्रदेश सरकार विरुद्ध हालै सत्तारुढ नेकपाभित्रै देखिएको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जारी निर्देशनलाई संकेत गरेको बुझ्न सकिन्छ ।

शाहीले सबै समस्याहरुँग जुध्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ रहेको स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताएका छन् ।

“आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरु भएका छन्”, मुख्यमन्त्री शाहीको शुभकामना सन्देशमा भनिएको छ ।

शाहीले भनेका छन्, “नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।”

मुख्यमन्त्री शाहीले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना सङ्कटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप प्राप्त सङ्घीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको जनाएका छन् ।

शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैँं मनाउन अपिल गरेका छन्।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ४८ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा