५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट हटाउन संसदीय दलमा दर्ता गरिएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलको आज बैठकले शाही विरुद्ध पेश भएको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पक्षधर बहुमत सांसदहरु उपस्थित बैठकले प्रस्तावलाई अस्वीकृत गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरु उपस्थित थिए । तर, अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकट यामलाल कँडेलसहितका सांसदहरु भने अनुपस्थित भएका थिए ।

यो विवाद पार्टी केन्द्रसम्म आइपुगेपनि दुई अध्यक्षबीच कुरा नमिल्दा पुनः प्रदेशमै पुगेर बहुमत अल्पतमतमा छिनोफानो भएको हो ।

ओली निकट यामलाल कँडेल समुहले गत असोज २५ गते पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, प्रस्ताव दर्ता गराउन कँडेल समुहलाई साथ दिएका नेपाल पक्षीय सांसदहरु र ३ जना पूर्वमाओवादी पक्षका सांसदहरु प्रस्तावबाट फिर्ता भएपछि शाहीको पक्षमा बहुमत पुगेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शाहीले मुख्यसचेतकबाट गुलावजंग शाहलाई बर्खास्त गरेका थिए । उनले सचेतक सीता नेपालीलाई मुख्य सचेतकमा नियुक्त गरेका थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई बर्खास्त निर्णय फिर्ता गर्न निर्देशन दिएका थिए । तर अध्यक्ष प्रचण्ड र नेता नेपालको साथ पाएका शाहीले ओलीको सो निर्देशनलाई वेवास्ता गरेका थिए ।

शुक्रबारको बैठक नेपालकीकै अध्यक्षतामा बसेको थियो । बैठकमा १८ जना सांसदहरु उपस्थित थिए । नेकपा कर्णाली प्रदेशमा ३३ जना सांसद रहेका छन् ।

आजको बैठकपछि ओली पक्षधर सांसदहरुले भने बहुमतको दम्भ देखाइएको आरोप लगाएका छन् । ओली पक्षले आजको बैठकको औचित्य नभएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : ०० बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको