६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कर्णालीका मुख्यमन्त्रीद्वारा प्रमुख सचेतकबाट गुलावजङ्ग शाह निस्काशित, नयाँ सचेतकमा सीता नेपाली



सुर्खेत । सत्तारुढ दल नेकपाका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीमाथि आफैले नेतृत्व गरेको संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशको राजनीति तरंगित भएको छ ।

प्रस्ताव दर्ता गर्ने प्रमुख सचेतक गुलावजङ्ग शाहले आफुखुशी संसदीय दलको बैठक बोलाएपछि मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेका छन् ।

अविश्वासको प्रस्तावका पक्षधर शाहले संसदीय दलका नेता एवं मुख्यमन्त्री र पार्टी कमिटीसँग समेत छलफल नगरी अविश्वास प्रस्तावको विषयमा मंगलबार १ बजे संसदीय दलको बैठक बोलाएपछि शाहलाई प्रमुख सचेतकबाट पद मुक्त गरिएको हो ।

मुख्यमन्त्री शाहीले शाहको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्ति गरेको पत्र थमाएका छन् । मुख्यमन्त्रीले प्रमुख सचेतकलाई हटाएपछि प्रदेशसभामा नेकपाभित्रको विवाद थप चर्किने निश्चित भएको छ ।

प्रदेश सरकार गठनदेखि नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका यामलाल कँडेलले पटक पटकको प्रयास पछि यस पटक मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आफै मुख्यमन्त्री हुनका लागि कँडेलले शाही विरुद्ध प्रस्ताव दर्ता गराएका हुन् ।

कँडेललाई पूर्व एमाले र पूर्व माओवादीका ३ जना सांसदले समर्थन गरेपछि आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । उनीहरुले नेकपा संददीय दलका नेता तथा मुख्यमन्त्री शाहीले पार्टी र सरकार सञ्चालन प्रभावकारी रुपमा गर्न नसकेको भन्दै सो प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले प्रस्ताव फिर्ता हुने संभावना निकै कम रहेको बताएका छन्।

तर, मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव फिर्ता नगरे पार्टी एकताको स्प्रिट विपरित हुने र त्यसले अन्य प्रदेशमा समेत यही नजिर कायम हुने पूर्व माओवादी पक्षधर नेताहरुले बताएका छन् ।

प्रदेश सरकार गठनहुनुअघि पूर्वएमाले र पूर्वमाओवादीबीच सात प्रदेशमध्ये दुई प्रदेशमा पूर्वमाओवादी र पाँच प्रदेशमा पूर्व एमालेले मुख्यमन्त्रीमा नेतृत्व गर्ने सहमति बनेको थियो । पार्टी एकताको भावना र मर्मलाई कायम राख्न प्रस्ताव फिर्ता गर्नुको विकल्प नभएको पूर्वमाओवादी नेताहरुको ठहर छ ।

शाहीमाथि परेको अविश्वास प्रस्ताव फिर्ता गराउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग सोमबार बिहान भेट गरेका छन् । प्रचण्डले प्रस्ताव फिर्ताको निर्देशन दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । प्रचण्डले सोमबार बिहानै वरिष्ठ नेता माधव नेपालसँग समेत छलफल गरेका छन् । नेकपा स्रोतका अनुसार नेता नेपालले आफु निकट सांसदहरुलाई प्रस्तावबाट पछि हट्न निर्देशन दिएको बुझिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन् ।

पूर्व माओवादीका ३ सांसदहरुलाई पनि प्रचण्डको आदेशमा पार्टीका प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रस्ताव फिर्ताका लागि निर्देशन गरिसकेको समेत स्रोतले बताएको छ ।

माधवकुमार नेपाल र पुर्वमाओवादी केन्द्रका नेताहरुबीच पहिलो चरणमा छलफल गरेपछि यामलाल कँडेल लगायतका संसदहरुसँग छलफल गर्ने तयारी भइरहेको बुझिएको छ ।

कँडेल पक्षधर सांसदहरुले अविश्वासको पक्षमा अडान कायम राखेपनि माधव नेपाल खेमाका सांसद र पूर्व माओवादी पक्षका सांसदको हस्ताक्षर भने फिर्ता हुने सम्भावना रहेको अनुमान गरिएको छ । नेपाल र प्रचण्डपक्षका सांसदले पछि हटेमा यामलाल कँडेलको मुख्यमन्त्री बन्ने योजना असफल हुनेछ ।

कर्णाली प्रदेशमा ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन् । ३३ मध्ये पूर्व माओवादी पक्ष १३, ओली पक्षका १२ र नेता नेपाल पक्षका ८ सांसद छन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : २० बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का