२७ श्रावण २०८३, बुधबार | August 13, 2026

सल्यान अस्पताल जाने बाटो पहिरोले बगाएपछि सेवाग्राही मर्कामा



सल्यान । सल्यान अस्पतालको आकास्मिक कक्ष जाने बाटो पहिरोले बगाएपछि सेवाग्राही मर्कामा परेका छन् ।

गत भदौ १ गते आएको अविरल वर्षाले अस्पतालको नवनिर्मित भवनको पछाडीको बाटो पहिरोले बगाएपछि आकास्मिक सेवा लिन आउने बिरामी मर्कामा परेका हुन् ।

जटिल स्वास्थ्य समस्या भएका बिरामीहरुलाई घुमाउरो बाटोबाट आकास्मिक वार्डसम्म पु¥याउनुपर्ने बाध्यता छ । पहिला आकास्मिक कक्षको ढोकासम्मै गाडी पुग्ने गरेकोमा अहिले बाटो भत्किएपछि जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई त्यहाँसम्म पु¥याउन सास्ती भइरहेको सेवाग्राही यादव हामलले बताए ।

बुहारीलाई प्रसूति ब्यथा लागेर उपचारका लागि अस्पताल ल्याएकी हुमा केसीले पनि पहिरोले बाटोमा क्षति पु¥याएपछि सेवा लिन आउनका लागि समस्या भएको बताए । उनले भने, “प्रसूति व्यथा लागेर उठनै नसक्ने भएकी वुहारीलाई बीच बाटोमै एम्बुलेन्सबाट झारेर यहाँसम्म ल्याउँदा हैरान भयो ।”

अस्पतालमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको थाहा पाएर पनि सम्बन्धित सरोकारवाला निकायले यस विषयमा समयमै ध्यान पु¥याउन नसकेको अस्पतालको गुनासो छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत डा भिमकान्त जैसीले लामो समय भईसक्दा पनि बाटोको मर्मत हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको बताए । उनले भने, “अहिले कोभिड-१९ का कारण पनि सतर्कता अपनाएर सेवा प्रवाह गरिरहेका छौं, तर गम्भीर प्रकृतिका बिरामीलाई लिएर आउने सेवाग्राहीलाई अहिले समस्या भएको छ ।”

शारदा नगरपालिकाले अस्पताल भवन निर्माण गरेर स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरि नसक्दै पहिरोले भवन पछाडी रहेको बाटो बगाएका कारण भवन समेत जोखिममा छ ।

भवन हस्तान्तरण नभएकाले पहिरोले क्षति पु¥याउँदासमेत अस्पतालले मर्मतसम्भार गर्न नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिपी ओलीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यान कोभिड-१९ का स्रोत व्यक्ति रिखाराम पुनले भने, “गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै अस्पताल पु¥याउन नसकिए मृत्युसमेत हुन सक्ने भएकाले यसप्रति सरोकारवाला निकाय तत्काल ध्यान दिन जरुरी छ ।” रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : १० बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको