१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सल्यान अस्पताल जाने बाटो पहिरोले बगाएपछि सेवाग्राही मर्कामा



सल्यान । सल्यान अस्पतालको आकास्मिक कक्ष जाने बाटो पहिरोले बगाएपछि सेवाग्राही मर्कामा परेका छन् ।

गत भदौ १ गते आएको अविरल वर्षाले अस्पतालको नवनिर्मित भवनको पछाडीको बाटो पहिरोले बगाएपछि आकास्मिक सेवा लिन आउने बिरामी मर्कामा परेका हुन् ।

जटिल स्वास्थ्य समस्या भएका बिरामीहरुलाई घुमाउरो बाटोबाट आकास्मिक वार्डसम्म पु¥याउनुपर्ने बाध्यता छ । पहिला आकास्मिक कक्षको ढोकासम्मै गाडी पुग्ने गरेकोमा अहिले बाटो भत्किएपछि जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई त्यहाँसम्म पु¥याउन सास्ती भइरहेको सेवाग्राही यादव हामलले बताए ।

बुहारीलाई प्रसूति ब्यथा लागेर उपचारका लागि अस्पताल ल्याएकी हुमा केसीले पनि पहिरोले बाटोमा क्षति पु¥याएपछि सेवा लिन आउनका लागि समस्या भएको बताए । उनले भने, “प्रसूति व्यथा लागेर उठनै नसक्ने भएकी वुहारीलाई बीच बाटोमै एम्बुलेन्सबाट झारेर यहाँसम्म ल्याउँदा हैरान भयो ।”

अस्पतालमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको थाहा पाएर पनि सम्बन्धित सरोकारवाला निकायले यस विषयमा समयमै ध्यान पु¥याउन नसकेको अस्पतालको गुनासो छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत डा भिमकान्त जैसीले लामो समय भईसक्दा पनि बाटोको मर्मत हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको बताए । उनले भने, “अहिले कोभिड-१९ का कारण पनि सतर्कता अपनाएर सेवा प्रवाह गरिरहेका छौं, तर गम्भीर प्रकृतिका बिरामीलाई लिएर आउने सेवाग्राहीलाई अहिले समस्या भएको छ ।”

शारदा नगरपालिकाले अस्पताल भवन निर्माण गरेर स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरि नसक्दै पहिरोले भवन पछाडी रहेको बाटो बगाएका कारण भवन समेत जोखिममा छ ।

भवन हस्तान्तरण नभएकाले पहिरोले क्षति पु¥याउँदासमेत अस्पतालले मर्मतसम्भार गर्न नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिपी ओलीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यान कोभिड-१९ का स्रोत व्यक्ति रिखाराम पुनले भने, “गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै अस्पताल पु¥याउन नसकिए मृत्युसमेत हुन सक्ने भएकाले यसप्रति सरोकारवाला निकाय तत्काल ध्यान दिन जरुरी छ ।” रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : १० बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल